Logo

२०८३ श्रावण २९ गते शुक्रवार

२०८३ श्रावण २९ गते शुक्रवार

काठमाडौं विश्वविद्यालयको उपकूलपतिमा प्रध्यापक डा.बराल नियुक्त

काठमाडौं विश्वविद्यालयको उपकूलपतिमा प्रध्यापक डा.बराल नियुक्त


  • 498
    Shares

    काठमाडौं विश्वविद्यालयको उपकूलपतिमा प्रध्यापक डा.बराल नियुक्त
    images

    काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा.विवेक बराल नियुक्त भएका छन् । कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन शाहले बराललाई नियुक्त गरेका हुन् ।

    शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा गठित समितिले बरालको नाम सिफारिस गरेको थियो । बराल केयूको मेकानिकल इन्जिनियरिङ विभागका प्राध्यापक छन् । उनी केयूमै पढेर उपकुलपति हुने पहिलो हुन् ।

    उनले केयूबाट मेकानिकल इन्जिनियरिङमा स्नातक गरी, जापानको टोकियो विश्वविद्यालयबाट स्नातकोत्तर र न्युजिल्यान्डको अकल्यान्ड विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) गरेका छन् ।

    केयूको उपकुलपतिका लागि ३५ जनाको आवेदन परेको थियो । जसमध्ये १० जनाको सूचि सार्वजनिक गरिएको थियो । त्यसमा प्रस्तुतिकरण र अन्तर्वार्ता लिइएको थियो । मेरिटको आधारमा उपकुलपतिको नाम सिफारिस गरिएको समितिको दाबी छ ।

    images
    प्रकाशित मिति :श्रावण २९ २०८३ शुक्रवार - १५:३६:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij