Logo

२०८३ श्रावण २९ गते शुक्रवार

२०८३ श्रावण २९ गते शुक्रवार

दुर्गा प्रसाईँ पनि नयाँ पार्टी खोल्दै

दुर्गा प्रसाईँ पनि नयाँ पार्टी खोल्दै


  • 337
    Shares

    दुर्गा प्रसाईँ पनि नयाँ पार्टी खोल्दै
    images

    काठमाडौं । धवलशमशेर राणाले राप्रपाबाट अलग भएर नयाँ पार्टी गठन गर्न लागेपछि मेडिकल व्यवसायी समेत रहेका दुर्गा प्रसाईँले पनि छिट्टै अर्को पार्टी गठन गर्ने जनाएका छन् । नेता राणा र प्रसाईँले एउटै पार्टी गठन गर्ने बताइए पनि अन्ततः उनीहरूबिच कुरा नमिल्दा दुवैले अलग अलग पार्टी गठन गर्ने तयारी गरेका हुन् । 

    राणाले आज शुक्रबार निर्वाचन आयोगमा ‘जय नेपाल’ नामक पार्टी दर्ता गर्दैछन् । यही बेला प्रसाईँले आफ्नै नेतृत्वमा अर्को पार्टी छिट्टै गठन हुने जानकारी दिएका छन् । शुक्रबार सामाजिक सञ्जालमा लेख्दै प्रसाईँले आफ्ना समर्थक र शुभेच्छुकहरूलाई केही समय धैर्य गर्न आग्रह गरेका छन् । 

    २००४ सालदेखि २०८२ सालसम्म पार्टी दर्ता गर्ने र नेता बन्ने काम भएपनि गरिबीको रेखामुनि रहेका सर्वहारा वर्ग, भुइँमान्छे, उत्पीडित वर्ग, भूमिहीन सुकुम्वासी तथा लघुवित्त, सहकारी, बैंक र मिटरब्याजीहरूको चर्को चक्रवर्ती ब्याजमा परी घरबार गुमाएर सडकका पेटी र खोला किनारमा अव्यवस्थित बसोबास गर्न बाध्य नागरिकहरूको जीवनस्तर जहीँको त्यहीँ रहेको प्रसाईँको भनाइ छ । 

     

    images
    प्रकाशित मिति :श्रावण २९ २०८३ शुक्रवार - १०:४०:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij