Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

‘गौंथली’ बन्यो दोस्रो धेरै कमाउने नेपाली फिल्म

‘गौंथली’ बन्यो दोस्रो धेरै कमाउने नेपाली फिल्म


  • 533
    Shares

    ‘गौंथली’ बन्यो दोस्रो धेरै कमाउने नेपाली फिल्म
    images

    काठमाडौं । कपिल रिजाल निर्देशित नेपाली फिल्म ‘गौंथली’ नेपाली फिल्म इतिहासमा दोस्रो धेरै कमाउने फिल्म बनेको छ । प्रदर्शनको २८ औं दिन बिहीबार दिउँसो १ बजेसम्म फिल्मले देशभरबाट २१ करोड ४४ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको हो ।

    सोही अवधिमा फिल्मलाई ७ लाख ९० हजार दर्शकले हेरेका छन् । ‘गौंथली’ले यसअघि दोस्रो धेरै कमाउने नेपाली फिल्मको सूचीमा रहेको ‘कबड्डी ४’ को २१ करोड ४० लाख रुपैयाँ ग्रस कमाइलाई पछि पारेको हो ।

    नेपाली फिल्ममा सर्वाधिक कमाइ गर्ने रेकर्ड भने अझै ८८‘पूर्णबहादुरको सारंगी’८८को नाममा छ । उक्त फिल्मले कुल ४६ करोड ८७ लाख रुपैयाँ ग्रस कमाएको छ ।

    ‘गौंथली’को लगातारको व्यापारले नेपाली फिल्म बजारमा नयाँ उत्साह थपेको छ ।  

    images
    प्रकाशित मिति :श्रावण २८ २०८३ बिहिवार - १७:५०:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij