Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

जगन्नाथ थपलियाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

जगन्नाथ थपलियाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता


  • 477
    Shares

    जगन्नाथ थपलियाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
    images

    काठमाडौं । नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेता जगन्नाथ थपलियालाई हटाउने अविश्वासको प्रस्ताव दर्ता गरेको छ । 

    थपलियाविरुद्ध एमाले प्रदेश संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव बुधबार दर्ता भएको प्रदेश सांसद किरण थापाले जानकारी दिएका छन् । 

    थापाको पक्षबाट पूर्वमन्त्री कृष्णप्रसाद सिलवाल, ज्ञानबहादुर तामाङ र हरि सापकोटाले एमाले संसदीय दलको कार्यालयमा अविश्वास प्रस्ताव दर्ता गराएका हुन् । 

    पूर्वमन्त्री थापाका अनुसार केही समय अघि भक्तपुरको गुण्डुमा संकलन गरिएको हस्ताक्षर प्रतिनिधि मार्फत दलको सचिवालयमा दर्ता गरिएको हो । उक्त दर्ता भएको अविश्वास प्रस्ताव एमाले संसदीय दलको विधानतः ७ दिन भित्र संसदीय दलको बैठक बसेर छलफल गर्नुपर्ने व्यवस्था रहेको छ । 

     

     

    images
    प्रकाशित मिति :श्रावण २७ २०८३ बुधवार - १७:५९:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij