Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

काेशीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा

काेशीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा


  • 722
    Shares

    काेशीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा
    images

    काठमाडौं । कोशी प्रदेश सरकारबाट नेपाली कांग्रेसका ४ मन्त्री र १ राज्यमन्त्रीले राजीनामा दिएका छन् । 

    राजीनामा दिने कांग्रेसका मन्त्रीहरूमा भौतिक पूर्वाधार विकास मन्त्री प्रदिपकुमार सुनुवार, पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली, उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरी, स्वास्थ्य मन्त्री मानबहादुर लिम्बू र भौतिक पूर्वाकार विकास मन्त्रालयकी राज्यमन्त्री शोभा चेम्जोङ रहेका छन् । 

    उनीहरुले आज बसेको मन्त्रिपरिषद् बैठकको समापन पछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएका हुन् । केन्द्रमा एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच गठबन्धन गर्न साउन दोस्रो हप्तामा तीन बुँदे सहमति भएपछि कांग्रेस प्रदेश सरकारबाट बाहिरिएको हो । 

     

    images
    प्रकाशित मिति :श्रावण २७ २०८३ बुधवार - १७:३५:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij