Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

देउवालाई ‘मोहरा’ बनाएर काँग्रेस कमजोर पार्ने खेल भइरहेको छः महामन्त्री घिमिरे

देउवालाई ‘मोहरा’ बनाएर काँग्रेस कमजोर पार्ने खेल भइरहेको छः महामन्त्री घिमिरे


  • 1.2K
    Shares

    देउवालाई ‘मोहरा’ बनाएर काँग्रेस कमजोर पार्ने खेल भइरहेको छः महामन्त्री घिमिरे
    images

    काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गुरुराज घिमिरेले पार्टीभित्रको एक पक्षले पूर्वसभापति शेरबहादुर देउवाको नाम र व्यक्तित्वलाई दुरुपयोग गरी पार्टीलाई कमजोर बनाउने खेल खेलिरहेको आरोप लगाएका छन् ।

    नेपाली काँग्रेस केन्द्रिय कार्यसमितिको जारी बैठकमा बोल्दै महामन्त्री घिमिरेले देउवाको लामो राजनीतिक योगदानको सम्मान गर्नुपर्नेमा जोड दिँदै अर्को पक्षले उहाँको नाममा आफ्नो राजनीतिक अस्तित्व स्थापित गर्न खोज्नु गलत भएको बताएका हुन्। उपचारका क्रममा विदेशमा रहेका देउवाको स्वास्थ्यलाभको कामना गर्दै घिमिरेले उहाँलाई केन्द्रमा राखेर भइरहेका गुटगत भेला र गतिविधिप्रति आपत्ति जनाएका छन्। 

    घिमिरेले विगतमा देउवाकै नेतृत्वमा विभिन्न राजकीय र पार्टीगत जिम्मेवारी सम्हालेका नेताहरूले अहिले आफ्नै सामथ्र्यमा कार्यक्रम गर्न नसकेर देउवाको ‘ब्यानर’ खोज्नुलाई राजनीतिक कमजोरीको संज्ञा दिएका छन् । ४८ दिनसम्म केन्द्रिय समितिको बैठक बस्दा पनि नियमित महाधिवेशनको तयारी हुन नसक्नु दुखद भएको उनको तर्क छ । उनले वर्तमान नेतृत्वले नयाँ पुस्तालाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै वीपी कोईराला र जवाहरलाल नेहरूको उदाहरण प्रश्तुत गरेका छन् । 

    उनले भने, ‘तपाईंलाई गोटी बनाएर, तपाईंको काँधमा बन्दुक राखेर र तपाईंको चरम दुरुपयोग गरेर नेपाली काँग्रेसलाई भताभुङ्ग पार्ने प्रयत्न भइरहेको छ । यसप्रति म शतर्क रहन केन्द्रीय कार्यसमितिमा विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु । जब आफ्नो केही गर्ने सामथ्र्य र तागत छैन, तब शेरबहादुर दाइलाई मोहरा बनाएर के गर्न खोजिँदैछ ?’ 

    प्रकाशित मिति :श्रावण २७ २०८३ बुधवार - १७:१२:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij