Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

ओली र प्रचण्डद्वारा मोहनविक्रमसँग दुई बुँदे सहमति, यस्तो छ पत्र

ओली र प्रचण्डद्वारा मोहनविक्रमसँग दुई बुँदे सहमति, यस्तो छ पत्र


  • 1.8K
    Shares

    ओली र प्रचण्डद्वारा मोहनविक्रमसँग दुई बुँदे सहमति, यस्तो छ पत्र
    images

    काठमाडौं । एमाले, नेकपा र मसालबीच २ बुँदे सहमति, लुम्बिनी सरकारमा मसाल सहभागी हुने

    नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा मसालबीच दुई बुँदे सहमति भएको छ। सहमतिअनुसार नेकपा मसाललाई लुम्बिनी प्रदेश सरकारमा सहभागी गराइने भएको छ।

    बुधबार एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।

    तीन दलबीच भएको सहमतिको पहिलो बुँदामा लुम्बिनी प्रदेश सरकार गठन तथा प्रदेशको विकास निर्माणका काममा सहकार्य गर्ने उल्लेख गरिएको छ।

    लुम्बिनी प्रदेशमा मसाल निकट राष्ट्रिय जनमोर्चाका एक जना प्रदेश सांसद रहेका छन्। सोही प्रतिनिधित्वका आधारमा मसाललाई प्रदेश सरकारमा सहभागी गराउने तयारी गरिएको हो।

    सहमतिको दोस्रो बुँदामा राष्ट्रिय स्वाधीनता, संविधान र गणतन्त्रको रक्षा तथा प्रतिगमनविरुद्धको आन्दोलनमा सहकार्य गर्ने उल्लेख छ।

    यसअघि एमाले र नेकपाबीच गत साउन ९ गते प्रदेश सरकारहरूमा सत्ता सहकार्य गर्ने सहमति भएको थियो। सोही सहमतिअनुसार विभिन्न प्रदेशमा सरकार पुनर्गठनको प्रक्रिया अघि बढिरहेको छ।

    768829702_1667075157729837_3372864787818045843_n_OzrbFqmhGq.jpg

    प्रकाशित मिति :श्रावण २७ २०८३ बुधवार - १४:५१:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij