Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

गगन थापा र शेखर कोइरालाबीच भेटवार्ता

गगन थापा र शेखर कोइरालाबीच भेटवार्ता


  • 722
    Shares

    गगन थापा र शेखर कोइरालाबीच भेटवार्ता
    images

    काठमाडौं । कांग्रेस सभापति गगनकुमार थापा र नेता डा। शेखर कोइरालाबीच भेटवार्ता भएको छ । कांग्रेसको केन्द्रीय समिति बैठकअघि दुईजनाबीच भेटवार्ता भएको हो । 

    कांग्रेसमा संस्थापन र इतरपक्षबीच बेमेल बढिरहेको अवस्थामा एकताको पहलका लागि दुईजनाबीच संवाद भएको हो । भेटमा नेता कोइरालाले बेमेलको अवस्था अन्त्य गर्न सभापति थापालाई आग्रह गरेका छन् । जवाफमा थापाले आफूहरू पनि एकताबद्ध पार्टीको पक्षमा नै रहेको बताएका छन् । 

    सानेपामा जारी केन्द्रीय समिति बैठकले पार्टीको १५ औँ महाधिवेशनको तयारी, निर्देशिका, सदस्यता अद्यावधिक लगायतका एजेण्डामा छलफल गरिरहेको छ । 

    इतरपक्षले भदौ २९ देखि ३१ सम्म राष्ट्रिय भेला आयोजना गरेको छ । सर्वोच्चले कांग्रेसको वैधानिकता र नेतृत्व विवादमा पुनरावलोकन गर्ने अनुमति दिएपछि इतर पक्षले दबाब बढाउँदै गएको छ । त्यसमाथि पूर्वसभापति शेरबहादुर देउवा नेपाल फर्किने र इतरसमूहको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने तय भएको छ ।  

     

    images
    प्रकाशित मिति :श्रावण २६ २०८३ मंगलवार - १६:४२:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij