Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

विधि विपरित पार्टी कब्जा गर्न खोजे लोकतन्त्र नै संकटमा पर्छः कृष्णप्रसाद सिटौला

विधि विपरित पार्टी कब्जा गर्न खोजे लोकतन्त्र नै संकटमा पर्छः कृष्णप्रसाद सिटौला


  • 827
    Shares

    विधि विपरित पार्टी कब्जा गर्न खोजे लोकतन्त्र नै संकटमा पर्छः कृष्णप्रसाद सिटौला
    images

    काठमाडौं । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले विधान र पद्धति विपरित गलत बाटोबाट पार्टी कब्जा गर्ने प्रयास भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । 

    सोमवार काठमाडौंमा नेपाली काँग्रेस सिन्धु–काठमाडौंले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो प्रवृत्तिले पार्टीलाई मात्र नभई देशको समग्र लोकतान्त्रिक शासन पद्धतिलाई नै गम्भीर असर पार्ने चेतावनी दिएका छन् । नेता सिटौलाले विशेष महाधिवेशनको पक्षमा रहेका नेताहरूलाई आफ्नो निर्णयमाथि पुनर्विचार गर्न आग्रह गरेका छन् । 

    उनले नेतृत्वको आलोचना गर्ने समूहको अस्थिर राजनीतिक चरित्रमाथि प्रश्न उठाएका छन् । सिटौलाले केही नेताहरूले ‘जेनजी मुभमेन्ट’ का कारण पूर्वसभापति शेरबहादुर देउवालाई जिम्मेवारीबाट बाहिर राख्न सफल भएको भनी दिने गरेका अभिव्यक्तिप्रति पनि टिप्पणी गरेका छन् । 

    उनले तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कामार्फत जारी गरिएको वक्तव्यको स्मरण गराउँदै १४ औं महाधिवेशनको कार्यसमितिलाई समायोजन गर्न र क्रियाशील सदस्यहरूलाई विधिवत मान्यता दिन माग गरेका छन् । 

    उनले भने, ‘यहाँ पाल्नु भएका विशेष महाधिवेशनका तमाम साथीहरुलाई सबै पदाधिकारी सदस्य सबैलाई भन्न चाहन्छु तपाईंहरुले पुनर्विचार गर्नुस् । गलत बाटोबाट पार्टी कब्जा गर्न पुग्नु भएको छ । त्यही बाटोबाट तपाईं हिँडिराख्नु भयो भने नेपाली काँग्रेस पार्टी मात्र होइन त्यही बाटोबाट हिँडिराख्नु भयो भने नेपालको लोकतन्त्र लोकतान्त्रिक शासन पद्धतिमा समेत गम्भीर असर पर्न सक्छ । तपाईंले एकपल्ट छातीमा हात राखेर सोच्नुस् २२ गते सम्म तपाईंहरु शेरबहादुरसँग कसरी कुरा गर्दै हुनुहुन्थ्यो अनि २५ गते कुन मनस्थितिमा पुग्नु भो तपाईंहरु? 

    images
    प्रकाशित मिति :श्रावण २५ २०८३ सोमवार - १८:१५:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij