२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा कर्णाली र सुदूरपश्चिम प्रदेशका सभापतिहरू अनुपस्थित भएका छन् ।
आइतबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठकमा आमन्त्रित सदस्यका रूपमा बोलाइएका सात प्रदेश सभापतिमध्ये दुई जना सहभागी नभएका नेपाली कांग्रेसको केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।
बैठकमा कर्णाली प्रदेशका सभापति ललितजंग शाही र सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायर बैठकमा उपस्थित नभएका हुन् । कोशीका उद्धव थापा, मधेसका कृष्ण यादव, बागमतीका इन्द्र बानियाँ, गण्डकीका शुक्रराज शर्मा र लुम्बिनीका अमरसिंह पुन भने बैठकमा सहभागी छन् ।
आइतबारबाट सुरु भएको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सोमबारबाट केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम सुरु भएको छ । बैठकमा १५औँ महाधिवेशनको तयारी अन्तर्गत, नियमावली र निर्वाचन निर्देशिका तयार गर्ने, सदस्यता अद्यावधिक र वितरण गर्ने, महाधिवेशन तयारी समिति तथा विधान मस्यौदा समिति गठन गर्ने विषयमा छलफल भइरहेको छ ।
साथै, प्रचार प्रसार, भोजन तथा आवास, र मञ्च व्यवस्थापन लगायतका उपसमितिहरू गठन गर्ने र कार्यसम्पादन समितिका निर्णयहरू अनुमोदन गर्ने प्रस्ताव पनि बैठकमा पेस गरिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij