Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

२८ गतेसम्म निकास नआए काँग्रेसले नयाँ कार्यदिशा लिन्छः नेता बस्नेत

२८ गतेसम्म निकास नआए काँग्रेसले नयाँ कार्यदिशा लिन्छः नेता बस्नेत


  • 617
    Shares

    २८ गतेसम्म निकास नआए काँग्रेसले नयाँ कार्यदिशा लिन्छः नेता बस्नेत
    images

    काठमाडौं । नेपाली काँग्रेसका नेता मोहनबहादुर बस्नेतले पार्टीलाई थप सशक्त, गतिशील र प्रभावकारी बनाउन नेतृत्वले अविलम्व निकास दिनुपर्ने बताएका छन्। 

    नेपाली काँग्रेस सिन्धु–काठमाडौंद्वारा सोमवार आयोजित एक कार्यक्रममा बोल्दै नेता बस्नेतले पार्टीभित्रको वर्तमान गतिरोध अन्त्यका लागि सभापति गगन थापालाई आगामी २८ गतेसम्मको समयसीमा दिएका हुन्। नेता बस्नेतले निर्धारित समयभित्र उपयुक्त निकास नआए २९ गतेदेखि पार्टीले नयाँ कार्यदिशा तय गर्ने चेतावनी दिएका छन् । 

    उनले मुलुकमा बढ्दै गएको निरंकुशतालाई रोक्न र देशको भविष्य सुनिश्चित गर्न कांग्रेसलाई सबैभन्दा ठूलो र सुदृढ शक्तिको रूपमा स्थापित गर्नुको विकल्प नरहेको बताएका छन्। उनले देशभरका युवा कार्यकर्ताहरूलाई आ–आफ्नो जिल्लामा एकीकृत भएर संगठन सुदृढीकरणको अभियान अगाडि बढाउन समेत आह्वान गरेका छन् ।

    नेता बस्नेतले भने, यदि २८ गतेसम्म गगन थापा जीले निकास दिनुभएन भने त्यसपछि पार्टीले नयाँ कार्यदिशा पनि लिनसक्छ त्यो २९ गतेबाट शुरुवात हुन्छ । काँग्रेस फुटाउन होइन, काँग्रेसलाई अझ बलियो र एकतावद्ध बनाउन नेताहरू देशभर सक्रिय भइरहनुभएको छ । यदि निर्धारित समयसम्म निकास निस्किएन भने पार्टीले नयाँ कार्यदिशा लिनुपर्ने अवस्था आउन सक्छ’ ।

    वर्तमान राजनीतिक चुनौतीहरूको सामना गर्दै देशलाई सही निकास दिन काँग्रेसले आन्तरिक रूपमा सशक्त भुमिका निर्वाह गर्नुपर्ने उनको धारणा छ ।   

    images
    प्रकाशित मिति :श्रावण २५ २०८३ सोमवार - १६:२३:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij