२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । फिल्म ‘गौँथली’ ले बक्स अफिसमा १९ करोड ७१ बढी व्यवसाय गर्न सफल भएको छ ।
चलचित्र विकास बोर्डले आइतबार राति दश बजेसम्मको व्यवसायलाई लिएर सोमबार सार्वजनिक बक्स अफिस रिपोर्टमा फिल्मको आम्दानी १९ करोड, ७१ लाख ६ हजार ५ रुपैयाँ ग्रस रहेको छ । फिल्मलाई यस अवधिमा ७ लाख १५ हजार १९८ जनाले हरेका छन् ।
साउन १ गतेबाट प्रदर्शनमा आएको फिल्मले अहिले पनि राम्रो दर्शक पाइरहेको छ । फिल्म गीतकार तथा स्त्रीरोग विशेषज्ञ डा। भोला रिजालका छोरा डा।कपिल रिजालले निर्देशन गरेका हुन् ।
सुरुमा करिब २ सय शो पाएको ‘गौँथली’ ले अहिले २०० भन्दा माथि शो पाइसकेको छ ।
फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना लगायत कलाकारको अभिनय छ ।
डा।भोला रिजालको कथामा आधारित फिल्मको पटकथा तथा संवाद डा।कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij