Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

कांग्रेस इतर समूहको राष्ट्रिय भेला साउन २९ देखि, को-को हुँदैछन् सहभागी ?

कांग्रेस इतर समूहको राष्ट्रिय भेला साउन २९ देखि, को-को हुँदैछन् सहभागी ?


  • 799
    Shares

    कांग्रेस इतर समूहको राष्ट्रिय भेला साउन २९ देखि,  को-को हुँदैछन् सहभागी ?
    images

    काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको आन्तरिक सुदृढीकरण र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आयोजना गर्न लागेको राष्ट्रिय भेलाका लागि तयारी तीव्र बनाएको छ ।

    साउन २९ गतेदेखि ३१ गतेसम्म काठमाडौंमा हुने तीन दिने भेलामा सातै प्रदेशका सभापति, ७७ वटै जिल्ला सभापति र १६५ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रका सभापतिलाई सहभागी हुन पत्राचार गरिएको छ ।

    भेला प्रचार–प्रसार उपसमितिका संयोजक मीन विश्वकर्माका अनुसार पार्टीको तल्लो तहदेखि माथिल्लो तहसम्मका नेताहरूको सुझाव संकलन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो । उनले सम्बन्धित नेताहरूलाई आफैं सहभागी हुन र आफ्नो क्षेत्रका वर्तमान तथा पूर्व पार्टी नेतृत्वलाई समेत सहभागी गराउन आग्रह गरिएको जानकारी दिएका छन् ।

    निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहसँग जोडिएका नेताहरूको पहलमा हुन लागेको भेलामा महाधिवेशन प्रतिनिधि, पूर्व केन्द्रीय पदाधिकारी तथा सदस्य, पूर्वमन्त्री, सांसद, प्रदेश तथा स्थानीय तहका पार्टी पदाधिकारीहरूलाई समेत सहभागी गराउने तयारी छ ।

    समूहले महानगर, नगरपालिका र गाउँपालिका तहका पार्टी सभापतिहरूलाई समेत भेलामा सहभागिताका लागि वातावरण बनाउन सम्बन्धित नेतृत्वलाई आग्रह गरेको छ ।

    कांग्रेसभित्रको आन्तरिक अवस्था, संगठन सुदृढीकरण र आगामी राजनीतिक रणनीतिबारे छलफल गर्ने उद्देश्यले यो भेला आयोजना गर्न लागिएको हो ।

    pat_p3LrmEs206.png

    images
    प्रकाशित मिति :श्रावण २५ २०८३ सोमवार - ११:२८:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij