Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

१५ औँ राष्ट्रिय महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैनः गगन थापा

१५ औँ राष्ट्रिय महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैनः गगन थापा


  • 904
    Shares

    १५ औँ राष्ट्रिय महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैनः गगन थापा
    images

    काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५ औँ राष्ट्रिय महाधिवेशनका लागि तय भएको मिति कुनै पनि हालतमा तलमाथि गर्न नसकिने बताएका छन् । 

    आईतवार पार्टी केन्द्रिय कार्यालयमा जारी केन्द्रिय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले अगामी असोज १६ देखि १९ गतेसम्म महाधिवेशन गर्नेगरी तय गरिएको कार्यतालिका नै अन्तिम भएको भएको बताएका हुन् । उनले पार्टी विधान र कानूनअनुसार पार्टीले तय गरेको कार्यतालिका परिवर्तन गर्ने अधिकार कसैलाई नभएको तर्क गरेका छन् ।

    पार्टीको वृहत्तर एकताका लागि छुटेका नेता तथा कार्यकर्तालाई पार्टी सदस्यता अद्यावधिक प्रक्रियामा सहभागी गराउन कार्यतालिकामा आवश्यक हेरफेर र सहजता अपनाउँदा केही समय लागेको लारिहेको पनि उनको भनाइ छ । सभापति थापाले पार्टीको वैधानिकता र विशेष महाधिवेशनका सम्बन्धमा सर्वोच्च अदालतले दिएको पुनरवलोकन आदेशलाई सामान्य रुपमा लिएको भन्दै पुनः न्यायालयको सामना गर्ने बताउका छन् । 

    उनले भने, ‘पार्टीको महाधिवेशनको लागि जुन मिति तय गरिएको छ त्यो तलमाथि गर्ने सुविधा हामी कसैलाई पनि छैन । किनभने हाम्रो विधानको व्यवस्थाले त्यो कुरा तोकिदिएको छ । नेपालको कानूनको व्यवस्था पनि त्यही छ । त्यसकारण असोज १६–१९ गतेसम्म जुन कार्यतालिका तोकिएको छ त्यही कुरामा हुन्छ । त्यो हाम्रो अन्तिम विषय नै हो । अब यसमा पार्टीको बृहत्तर एकताको निम्ति छुट्नुभएका सबै नेता तथा साथीहरुले पार्टीको सदस्यता अद्यावधिक गर्ने कुरामँ बढीभन्दा बढी साथिहरु र नेताहरुलाई सहभागि गराऔँ भनेर उहाँले कार्यतालिका बनाउँदै परिवर्तन गरिरहनुभएको छ । सहज बनाउँदै गर्दा केही समय लागेको छ । त्यसकारण वडा अधिवेशन जुन प्रारम्भ गर्ने कुरा छ त्यसमा एकदुई दिन तलमाथि नहुने गरि  गर्नुपर्छ भन्नेकुरा उहाँहरुको छ । हामीले यसमा छलफल गरेर बैठकबाट टुंग्याउँ । 

    images
    प्रकाशित मिति :श्रावण २४ २०८३ आइतवार - १६:४१:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij