Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

रविले भने : मुलुकलाई सुरक्षित गन्तव्यमा पुर्‍याउने जिम्मा हाम्रो

रविले भने : मुलुकलाई सुरक्षित गन्तव्यमा पुर्‍याउने जिम्मा हाम्रो


  • 652
    Shares

    रविले भने : मुलुकलाई सुरक्षित गन्तव्यमा पुर्‍याउने जिम्मा हाम्रो
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारको चार महिनाको कार्यसम्पादनमा जनअपेक्षाअनुसार परिवर्तनको स्पष्ट आभास हुन नसकेको स्वीकार गरेका छन् । 

    नागरिकका सुझाव र गुनासाहरूलाई पार्टीले नजिकबाट सुनिरहेको उल्लेख गर्दै उनले वर्तमान अवस्थालाई लिएर चिन्तित नहुन आग्रह गरेका हुन्। नेपाली युवा उद्यमी मञ्चको २२ औँ वार्षिक साधारण सभामा बोल्दै सभापति लामिछानेले सरकार गठन भएको चार महिना मात्र भएकाले यसलाई पूर्ण मूल्याङ्कन गरिहाल्ने समय नभए पनि यो अवधिमा केही सकारात्मक परिवर्तनको सङ्केत देखिनुपर्ने बताएका छन् ।

    मुलुकको वर्तमान राजनीतिक परिस्थितिलाई हवाई उडानसँग तुलना गर्दै उनले कहिलेकाहीँ मौसमका कारण ‘टब्र्युलेन्स’ आएपनि गन्तव्य सुरक्षित रहेको दाबी गरेका छन् । आफ्नो पार्टीमा समाज परिवर्तनका लागि हुटहुटी भएका युवा र व्यावसायिक व्यक्तित्वहरूको समूह रहेको जिकिर गर्दै उनले कुनैपनि असहज परिस्थितिलाई सम्हाल्न सक्ने ‘राजनीतिक अभिभावकत्व’ रास्वपासँग रहेको बताएका छन्। 

    सभापति लामिछानेले भने, ‘हामीले भर्खरै सरकार बनाएका छौँ र ऐतिहासिक जनमत प्राप्त गरेका छौँ । त्यसैले चार महिनामै सरकारको मूल्याङ्कन गरिहाल्ने समय भइसकेको छैन । तर यो अवधिमा हामीले केही छनक देखाउन सक्नुपथ्र्यो भन्ने तपाईंहरूको सुझावलाई हामीले मनन गरेका छौँ । हामी हरेक दिन तपाईंहरूलाई सुनिरहेका छौँ । तर चिन्ता नगर्नुहोस् । गन्तव्यतर्फ अघि बढिरहेको हाम्रो उडानमा कहिलेकाहीँ मौसमका कारण टब्र्युलेन्स आउन सक्छ । त्यसैले ‘सिट ब्याक एन्ड रिल्याक्स, फास्टेन योर सिट बेल्ट ।’ हामी तपाईंहरूलाई सुरक्षित रूपमा गन्तव्यमा पु¥याउँछौँ । अप्ठ्यारो परिस्थितिलाई सम्हाल्न सक्ने राजनीतिक नेतृत्व र जिम्मेवारी हाम्रो पार्टीसँग छ । किनकि यो पार्टीमा तपाईँहरूजस्तै केही गरौँ भन्ने हुटहुटी भएका युवाहरू छन् । परिवर्तनका लागि गैरराजनीतिक पृष्ठभूमिका प्रोफेसनलहरूको ठूलो समूह एकजुट भएर अघि बढ्ने चेतना कुनैपनि देशले सहजै पाउँदैन । हामी अहिले त्यही चेतनाको अवस्थामा छौँ । यो हाम्रो मात्र सरकार होइन, यो तपाईंहरूको सरकार हो । इतिहासले दिएको यो अवसरलाई तपाईंहरूसँग सहकार्य गर्दै देश निर्माणमा सदुपयोग गर्न चाहन्छौँ ।’

     

    images
    प्रकाशित मिति :श्रावण २४ २०८३ आइतवार - १२:३५:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij