Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

एमाले सांसदले पारिवारिक सदस्य स्वकीय राख्न नपाउने

एमाले सांसदले पारिवारिक सदस्य स्वकीय राख्न नपाउने


  • 701
    Shares

    एमाले सांसदले पारिवारिक सदस्य स्वकीय राख्न नपाउने
    images

    काठमाडौं । नेकपा (एमाले) का सांसदहरूले परिवारका कुनै पनि सदस्यहरूलाई स्वकीयका रूपमा राख्न नपाउने भएका छन् ।

    एमाले संसदीय दलको बैठकले शुक्रबार पारित गरेको स्वकीय सुविधासम्बन्धी मापदण्ड र कार्यविधिमा सांसदहरूले राख्ने स्वकीय परिवारका सदस्यबाहेकको व्यक्ति हुनुपर्ने उल्लेख छ । 

    एमालेले स्वकीयको योग्यता पनि निर्धारण गरेको छ । जसमा अधिकृत तहका स्वकीयका सचिवका लागि न्यूनतम स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने र उपसचिव तहका स्वकीयका लागि स्नातकोत्तर तह उत्तीर्ण भएको हुनुपर्ने मापदण्ड तय गरेको छ । 

    त्यस्तै सूचना प्रविधि (आइटी) मा दक्ष भएको, कानुनी मस्यौदा, नीति तथा कार्यक्रम अध्ययन तथा प्रगति प्रतिवेदनको गहन अध्ययन गरी मुख्य सार निकाल्न सक्नेलाई प्राथमिकता दिने मापदण्ड तय गरेको छ । 

    स्वकीय सचिवको मुख्य कार्यक्षेत्र सङ्घीय राजधानीसहित सम्बन्धित निर्वाचन क्षेत्र हुने पनि एमालेको कार्यविधिमा उल्लेख छ ।

    images
    प्रकाशित मिति :श्रावण २२ २०८३ शुक्रवार - १८:०४:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij