Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

टेलिभिजनमा फर्किए ‘हर्के हल्दार’

टेलिभिजनमा फर्किए ‘हर्के हल्दार’


  • 911
    Shares

    टेलिभिजनमा फर्किए ‘हर्के हल्दार’
    images

    काठमाडौं । लामो समय ’हर्के हल्दार’को परिचय बनाएका कलाकार विष्णु सापकोटा फेरि टेलिभिजनमा फर्किएका छन् । उनी अहिले ‘कमेडी बाज’ कार्यक्रममार्फत टेलिभिजन कमब्याक गरेका हुन् ।

    पछिल्लो समय कुनै पनि कार्यक्रममा नदेखिएका विष्णु अब ‘कमेडी बाज’मा निरन्तर देखिनेछन् । हरेक आइतबार राती ८ बजे इमेज टेलिभिजनमार्फत प्रसारण हुँदै आएको यो कार्यक्रममा उनी पर्फमरको रूपमा देखिँदै छन् अर्थात् उनले हरेक साता कमेडी प्रस्तुति दिनेछन् ।

    उनी आफ्नो परिचित पात्र ‘हर्के हल्दार’कै गेटअपमा प्रस्तुति दिनेछन् । आउँदो आइतबार प्रसारण हुन लागेको कमेडी बाजको नयाँ भागबाट उनी देखिँदै छन् । 

    कमेडी बाजका निर्माता, निर्देशक तथा सञ्चालक सुन्दर खनालका अनुसार अब निरन्तर हर्के हल्दारलाई देख्न पाइनेछ ।

     

    images
    प्रकाशित मिति :श्रावण २२ २०८३ शुक्रवार - १६:५६:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij