Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

फिल्म ‘झिँगेदाउ २’ को टिजर सार्वजनिक

फिल्म ‘झिँगेदाउ २’ को टिजर सार्वजनिक


  • 1.3K
    Shares

    फिल्म ‘झिँगेदाउ २’ को टिजर सार्वजनिक
    images

    काठमाडौं । ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिँगेदाउ २’ को टिजर सार्वजनिक गरिएको छ । ललितपुरको क्यूएफएक्स लबिममा बुधबार एक कार्यक्रम आयोजना गर्दै फिल्मको टिजर सार्वजनिक गरिएको हो । 
     
    १ मिनेट ५१ सेकेन्डको टिजरमा पारिवारिक सम्बन्धमा आउने उतारचढाव, देउरानी र जेठानीबिचको घर झगडाले स्थान पाएको छ । टिजरको सुरुमै हिउँवाला गौतम मध्यरातमा घर छोडेर हिँडेको देखाइएको छ र पछि परिवारका सदस्यहरू तिनै आमाको खोजीमा लागेको देखिन्छ ।

    निर्माण टिमले टिजरमा पहिलो भागकै झल्को दिने कथावस्तु तयार पारेको प्रष्ट हुन्छ । जसमा केही नयाँ ‘ट्वीस्ट’ पनि छ, जुन आर्यन सिग्देलको लुक्सले कौतुहलता थपेको छ । 

    यो सफल फिल्म ‘झिँगेदाउ’ को सिक्वेल हो । फिल्ममा आँचल शर्मा र केकी अधिकारी देउरानी जेठानीको भूमिकामा छन् भने महेश त्रिपाठी र कुशल विष्ट दाजुभाइको भूमिकामा देखिएका छन् ।

    फिल्म आगामी असोज २ गतेदेखि देशभर प्रदर्शन हुँदैछ । फिल्ममा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल विष्ट, सरोज खनाल, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभय राज बराल, उत्तम केसी, शिवहरि वैरागी, आशा भुषाल, रेन प्रधान, विनोद कुमार पौडेल, आशिष पुरुष, विष्णु सापकोटा र नरेन्द्र थापाले अभिनय गरेका छन् ।

     

    प्रकाशित मिति :श्रावण २१ २०८३ बिहिवार - ११:४०:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij