Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

प्रदेश सरकारमा सहभागिताबारे निर्णय गर्ने जिम्मा अध्यक्ष लिङ्देनलाई

प्रदेश सरकारमा सहभागिताबारे निर्णय गर्ने जिम्मा अध्यक्ष लिङ्देनलाई


  • 813
    Shares

    प्रदेश सरकारमा सहभागिताबारे निर्णय गर्ने जिम्मा अध्यक्ष लिङ्देनलाई
    images

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले  प्रदेश सरकारमा सहभागिताका विषयमा आवश्यक निर्णय लिने जिम्मा अध्यक्षलाई दिएको छ।

    बुधबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रदेश सरकार गठन र समीकरणमा भइरहेका गतिविधिहरूलाई नजिकबाट नियाल्दै उपयुक्त समयमा उचित निर्णय लिने नीति लिएको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिएका छन् । 

    उनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाको सत्ता समीकरणमा पार्टीको तत्कालै कुनै संलग्नता नभए पनि परिस्थिति फेरबदल भएमा पार्टीले आफ्नो भूमिका तय गर्ने बताएका छन्। विशेष परिस्थिति सिर्जना भई निर्णय नै गर्नुपर्ने अवस्था आएमा त्यसको सम्पूर्ण अख्तियारी अध्यक्षलाई सुम्पिने निर्णय बैठकले गरेको उनको भनाइ थियो ।
     

     

    प्रकाशित मिति :श्रावण २० २०८३ बुधवार - १४:५०:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij