Logo

२०८३ श्रावण १५ गते शुक्रवार

२०८३ श्रावण १५ गते शुक्रवार

‘आमा’ र ‘कुमारी’ सहित १० ऐतिहासिक चलचित्र जाँचपास

‘आमा’ र ‘कुमारी’ सहित १० ऐतिहासिक चलचित्र जाँचपास


  • 1.0K
    Shares

    • images
    ‘आमा’ र ‘कुमारी’ सहित १० ऐतिहासिक चलचित्र जाँचपास
    images

    काठमाडौं । तत्कालीन शाही नेपाली चलचित्र संस्थानद्वारा निर्माण गरिएका १० वटा ऐतिहासिक नेपाली चलचित्रहरूको जाँचपास ९सेन्सर० भएको छ । 

    चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्र सङ्ग्रहालयमा डिजिटाइज गरी सुरक्षित राखिएका यी चलचित्रले सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने ‘युनिभर्सल’ प्रमाणपत्र प्राप्त गरेका हुन् ।

    जाँचपाससम्बन्धी प्रमाणपत्र समितिका अध्यक्ष उदयबहादुर राणाले चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीलाई हस्तान्तरण गरेका छन् । चलचित्रहरू यसअघि नै डिजिटाइज गरिए पनि कानुनी प्रक्रियाअनुसार जाँचपास प्रमाणपत्र नहुँदा सार्वजनिक रूपमा प्रदर्शन गर्न बाधा पुग्दै आएको थियो । 

    जाँचपास भएका चलचित्रमा आमा, कुमारी, सिन्दुर, बदलिँदो आकाश, के घर के डेरा ,शान्तिदीप, जीवनरेखा, मनको बाँध, परिवर्तन, हिजो आज भोलि रहेका छन् ।

    जाँचपास प्रक्रिया पूरा भएसँगै अब यी ऐतिहासिक चलचित्रहरूलाई चलचित्र महोत्सव, विशेष प्रदर्शनी, शैक्षिक कार्यक्रम तथा अन्य सार्वजनिक समारोहहरूमा सहजै प्रदर्शन गर्न सकिनेछ । 

    चलचित्र विकास बोर्डले नेपाली चलचित्रको इतिहाससँग जोडिएका पुराना र दुर्लभ चलचित्रहरूको खोजी, सङ्कलन, डिजिटाइजेसन र संरक्षणलाई प्राथमिकता दिँदै आएको छ ।  

     

     

    images
    प्रकाशित मिति :श्रावण १३ २०८३ बुधवार - १७:१७:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij