Logo

२०८३ भाद्र ३१ गते बुधवार

२०८३ भाद्र ३१ गते बुधवार

चोभारको निकासमा समस्या आए काठमाडौंमा फेरि प्रलय हुनसक्छः मदनकृष्ण श्रेष्ठ

चोभारको निकासमा समस्या आए काठमाडौंमा फेरि प्रलय हुनसक्छः मदनकृष्ण श्रेष्ठ


  • 589
    Shares

    चोभारको निकासमा समस्या आए काठमाडौंमा फेरि प्रलय हुनसक्छः मदनकृष्ण श्रेष्ठ
    images

    काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौंको बाढी जोखिम न्युनिकरणका लागि चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताए । 
    चोभारको निकास साँघुरो भएकाले त्यहाँ कुनै समस्या आए काठमाडौंमा ठूलो विपत्ति निम्तिन सक्ने भन्दै उहाँले वैकल्पिक रूपमा सुरुङ निर्माण गरी पानी निकास गर्न सकिने उपायबारे सोच्न महानगरपालिकालाई सुझाव दिए ।

    काठमाडौं महानगर प्रहरी बलको आईतवार आयोजित ३४ औँ वार्षिकोत्सवमा धारणा राख्दै श्रेष्ठले काठमाडौंमा विभिन्न दिशाबाट आउने पानी एउटै निकासमार्फत चोभारतर्फ जाने भएकाले त्यसको क्षमता बढाउनुपर्ने बताए। उनले चोभारको निकासको चौडाई र गहिराइ पर्याप्त नभएको भन्दै त्यहाँ क्षति पुगेमा त्यसको परिणाम भयावह हुन सक्ने बताए । काठमाडौंको बाढी जोखिम कम गर्न अहिले निर्माण भइरहेका लामो सुरुङलाई वैकल्पिक पानी निकासका रूपमा प्रयोग गर्न सकिने उनको सुझाव छ । 

    एउटा छुट्टै सुरुङ निर्माण गरेर पानीलाई अर्को दिशातर्फ निकास दिन सकिने सम्भावनातर्फ पनि महानगरपालिकाले ध्यान दिनुपर्ने उनले बताए। श्रेष्ठले पछिल्ला बाढीपहिरोका घटनालाई जलवायु परिवर्तनसँग जोड्दै नेपालले यसको असर गम्भीर रूपमा भोगिरहेको बताए। विकास आवश्यक भएपनि वातावरणीय प्रभावलाई बेवास्ता गरेर हुने अव्यवस्थित विकासले समस्या थपिएको उनको भनाइ छ । 

    रसुवा भोटेकोशी, सोलुखुम्बुको थामेमा आएको बाढीको प्रसङ्ग उल्लेख गर्दै उनले त्यहाँ बस्ती र होटलसहितको क्षेत्र नै बगाएको घटनाले भविष्यमा हिमताल फुट्ने जोखिमप्रति शतर्क हुनुपर्ने देखाएको बताए। हिमालमा रहेका हिमतालहरू फुट्ने सम्भावना रहेकाले नेपालका हिमाली तथा पहाडी क्षेत्रमा रहेका शहर र बस्तीको सुरक्षाबारे गम्भीर रूपमा सोच्नुपर्ने उनको भनाइ छ । 

    उनले विश्वव्यापी औद्योगिकीकरण र त्यसबाट बढेको ग्लोवल वार्मिङको असर नेपालजस्ता मुलुकले भोग्नुपरेको बताए। भारत, चीन र अमेरिकालगायतका मुलुकमा बढेको औद्योगिक गतिविधिले विश्वव्यापी तापक्रम वृद्धिमा योगदान पु¥याएको र त्यसको असर नेपालीले समेत भोग्नुपरेको उनको भनाइ छ ।

     

     

     

    प्रकाशित मिति :भाद्र २८ २०८३ आइतवार - ११:४४:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij