Logo

२०८३ भाद्र ३१ गते बुधवार

२०८३ भाद्र ३१ गते बुधवार

फिल्म ‘अक्षरा’को प्रदर्शन स्थगित

फिल्म ‘अक्षरा’को प्रदर्शन स्थगित


  • 1.1K
    Shares

    फिल्म ‘अक्षरा’को प्रदर्शन स्थगित
    images

    काठमाडौं । फिल्म ‘अक्षरा’को प्रदर्शन स्थगित भएको छ । आगामी शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्मको प्रदर्शन अहिलेलाई स्थगित गरिएको हो । देशमा प्राकृतिक विपत्ति परेको समय फिल्मको प्रदर्शन गर्नु उचित नरहेको भन्दै निर्माण संस्था क्षीत बाबु प्रोडक्सनले एक विज्ञप्ति जारी गर्दै फिल्मको प्रदर्शन स्थगित गरेको हो ।

    अब यो फिल्म आगामी मंसिर २४ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शन हुने निर्माताद्धय उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गानाले जारी गरेको विज्ञप्तिमा उल्लेखछ ।

    विनयराज पौडेलले निर्देशन गरेको फिल्म न्यान्सी खड्का, सुशील सिटौला, सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने ९ल्याग्री दादा०, सृष्टि खड्का लगायतको अभिनय छ ।

    उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना निर्माता रहेको यस फिल्मको कार्यकारी निर्मातामा सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने हुन् । फिल्मको प्रस्तुतकर्ता सोनी थापा ९ढुङ्गाना० हुन् । फिल्म नेसनल सिने ग्रुप नेपालका तर्फबाट दीपक दंगालले वितरण गर्दैछन् । 

     

    प्रकाशित मिति :भाद्र २४ २०८३ बुधवार - १६:१३:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij