Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

झापामा कारको ठक्करबाट वृद्धाको मृत्यु

झापामा कारको ठक्करबाट वृद्धाको मृत्यु


  • 876
    Shares

    झापामा कारको ठक्करबाट वृद्धाको मृत्यु
    images

    काठमाडौं । झापाको भद्रपुर नगरपालिका-८ स्थित जिल्ला प्रशासन कार्यालय नजिकको भित्री सडकखण्डमा कारको ठक्करबाट ९२ वर्षीया वृद्धाको मृत्यु भएको छ ।

    कारागार कार्यालय झापाबाट जिल्ला प्रशासन कार्यालयतर्फ आउँदै गरेको प्र१-०१-००२ च ०००५ नम्बरको सेतो कारले जिल्ला प्रशासन कार्यालयको काम सकेर सडकतर्फ निस्किँदै गरेकी भद्रपुर नगरपालिका-९ बस्ने ९२ वर्षीया धनमाया खड्कालाई ठक्कर दिएको थियो । 

    दुर्घटनामा गम्भीर घाइते भएकी खड्कालाई उपचारका लागि ओमसाई पाथिभरा अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

    कार चालकले नै उनलाई सोही गाडीमा अस्पताल पुर्‍याएका थिए । शव सोही अस्पतालमा रहेको छ । कार र चालक झापा बुद्धशान्ति गाउँपालिका-२ बस्ने ४६ वर्षीय मदन प्रसाईँलाई नियन्त्रणमा लिइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ।

     

    प्रकाशित मिति :श्रावण १३ २०८३ बुधवार - १३:४८:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij