Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

कारोबारसँगै बढ्यो शेयर बजार

कारोबारसँगै बढ्यो शेयर बजार


  • 491
    Shares

    कारोबारसँगै बढ्यो शेयर बजार
    images

    काठमाडौं । साताको चौथो कारोबारको दिन बिहिबार शेयर बजार बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ११.९३ अंकले बढेर २,६२४ को विन्दुमा कायम भएको छ । 

    आज १७७ कम्पनीको शेयर मूल्य बढेको छ भने ८५ कम्पनीको मात्रै शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३३९ कम्पनीको १ करोड ३६ लाख १० हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४९ करोड माथिको शेयर कारोबार भएको छ ।

    आज जीवन बीमा समूहमा आकर्षण देखिएको छ । यो समूह सबैभन्दा धेरै १.०८ प्रतिशत बढेको छ । बैंकिङ ०.५८, विकास बैंक ०.३८, फाइनान्स ०.२३, होटल तथा पर्यटन ०.८५, जलविद्युत् ०.६३, उत्पादन तथा प्रशोधन ०.२७, माइक्रोफाइनान्स ०.५५, निर्जीवन बीमा ०.०५ तथा व्यापार ०.२२ प्रतिशत बढे । लगानी ०.१८ र अन्य समूह ०.०४ प्रतिशत  घटेको छ।

    धौलागिरि लघुवित्तको मूल्य १२.४३, नारायणी डेभलपमेन्ट बैंकको ६.४४, माउन्टेन हाइड्रो नेपालको ५.५१, पिपुल्स हाइड्रोपावरको ४.१९ प्रतिशत मूल्य बढ्यो । हाथवे इन्भेस्टमेन्टको २.९७, सीवाईसी लघुवित्तको २.८०, सिर्जनशील लघुवित्तको २.७८ प्रतिशत मूल्य घट्यो ।

    आज सबैभन्दा धेरै सिद्धार्थ बैंकको शेयर कारोबार भएको छ । आज यस बैंकको ३३ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको २७ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोलु हाइड्रोको २३ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    प्रकाशित मिति :आश्विन १ २०८३ बिहिवार - १५:२६:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij