२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । नेकपा (एमाले)की सांसद एशुदाकुमारी बरालले बढ्दो महंगी नियन्त्रण तथा खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन पहल गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरकी छन् । प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उनले यस्तो आलोचना गरेकी हुन् ।
उनले बालेन्द्र सरकारले जनतालाई भोकै मार्न थालेको हो ? भन्दै प्रश्न गरीन् । उनले बजारमा खाना पकाउने ग्यास नपाउँदा सर्वसाधारण भोकै बस्नुपर्ने अवस्था सिर्जना भएको जिकिर गरीन । ग्यास अभाव र दैनिक उपभोग्य वस्तु महंगीँदा समेत सरकार जवाफदेही हुन नसकेको आरोप पनि लगाएकी छन् । उहाँले सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै विगतमा नैतिकताको कुरा गर्ने सरकारले अहिले जनताको आधारभूत आवश्यकतासमेत सम्बोधन गर्न नसकेको आरोप पनि लगाएकी छन ।
उनले भनिन्, ‘सरकारलाई ध्यान छ कि छैन, जनता भोकमरीमा पर्न थाले । हिट्लरले ग्यास चेम्बरमा मान्छे हालेर मारेको थियो । के बालेन्द्र सरकारले जनतालाई भोकै मार्न थालेको हो ? निरङ्कुशता शैली हो रु मान्छेहरु ग्यास नपाएर भोकै छन्, किन ग्यास छैन, किन महंगी भयो भन्ने कुरामा सरकार किन जवाफदेही हुँदैन । यो कुरा सरकारले कहिले सुन्छ रु जेनजीको रगतमा टेकेर सिंहदरबारमा खरानीमा घुँडा टेकेको हो सरकारले रु हिजोको दिनमा नैतिकता कुरा गर्नुहुन्थ्यो यही हो नैतिकता ? यो विषयमा सरकारलाई स्पष्ट जवाफ दिनको लागि निर्देश गरिदिनको लागि माग गर्दछु ।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij