Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

क्रान्तिशिखा धितालविरुद्धको प्रदर्शनप्रति रास्वपाको विरोध

क्रान्तिशिखा धितालविरुद्धको प्रदर्शनप्रति रास्वपाको विरोध


  • 288
    Shares

    क्रान्तिशिखा धितालविरुद्धको प्रदर्शनप्रति रास्वपाको विरोध
    images

    काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलकी सचेतक क्रान्तिशिखा धितालको अभिव्यक्तिलाई लिएर जेन–जी शहीद परिवारले सिंहदरबार गेटअगाडि गरेको प्रदर्शनको विरोध गरेको छ । प्रतिनिधि सभाको बिहीवारको बैठकमा पार्टी महामन्त्री विपिनकुमार आचार्यले विरोध जनाएका हुन् । 

    उनले फरक विचार राखेकै आधारमा सांसदलाई धम्की दिने तथा हिंसात्मक गतिविधिको चेतावनी दिने कुरा कुनैपनि हालतमा स्वीकार्य हुन नसक्ने बताएका छन् । उनले अभिव्यक्ति स्वतन्त्रता लोकतान्त्रिक व्यवस्थाको आधारभूत पक्ष भएको उल्लेख गर्दै फरक विचार राखेकै कारण सांसदविरुद्ध लतार्ने, घिसार्ने, घर जलाउने र रक्तपात मच्चाउनेजस्ता धम्की आउनु अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार भएको पनि बताएका छन् । उनले उक्त कार्यमा संलग्नलाई तत्काल कानूनी कारबाहीमा ल्याउन आफूले गृह मन्त्रालय र प्रधानमन्त्रीको कार्यालयलाई अनुरोध गरिसकेको पनि सदनलाई जानकारी गराएका छन्। 

    उनले भने, ‘म तिम्रो कुरामा असहमत हुन सक्छु, तर म तिम्रो बोल्ने अधिकार रक्षाका लागि निरन्तर लडिरहन्छु,–भोल्टायरको यो भनाइले अभिव्यक्ति स्वतन्त्रताको लोकतान्त्रिक सहिष्णुताको उत्कृष्ट मापदण्ड रहेको कुरालाई औंल्याउँछ । नेपालको संविधानले पनि अभिव्यक्तिको स्वतन्त्रतालाई मौलिक हक मानेको छ । तर फरक विचार राखेकै कारण सांसदहरुविरुद्ध खुल्लमखुल्ला सिंहदरबारकै गेट अगाडि लतार्ने, घिसार्ने, घर जलाउने रक्तपात मच्चाउने जस्ता प्रथम दृष्टिमै खारजेयोग्य धम्की आउनु अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो प्रहार हो । यी अतिवादी धम्की दिनेहरुलाई कानूनी दायरमा ल्याइयोस् भनेर मैले गृहमन्त्रीज्यू र प्रधानमन्त्रीको कार्यालयलाई आग्रह गरिसकेको छु । म चाहान्छु, यो सम्मानित सदनले तथ्यमा टेकेर बोल्ने आफ्ना हरेक सांसदलाई साहस देओस् र भनोस्, बोल्न नडराउनु हामी तपाईंसँगै छौँ ।’

    यसअघि गत २३ भदौमा जेन–जी शहीद स्मृति दिवसको अवसरमा आयोजिक कार्यक्रमलाई लिएर सचेतक धितालले प्रश्न उठाएका थियो । धितालको उक्त अभिव्यक्तिले जेन–जी शहीदको अपमान भएको भन्दै शहीद परिवारले सिंहदरबार अगाडि प्रदर्शन गरेको थियो ।

    प्रकाशित मिति :आश्विन १ २०८३ बिहिवार - १५:१२:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij