२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ को ३६औँ वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ। ४६९ पृष्ठको प्रतिवेदनमा भ्रष्टाचारको प्रवृत्ति, आयोगका गतिविधि, सुझाव तथा आगामी कार्यदिशा समेटिएका छन्।
प्रतिवेदनअनुसार एक वर्षमा आयोगमा ४० हजार ५४२ उजुरी परेका छन्। तीमध्ये ३२ हजार ८२३ अर्थात् ८०.३७ प्रतिशत उजुरी फर्स्योट भएका छन्।
कुल उजुरीमध्ये सबैभन्दा धेरै ४९.०३ प्रतिशत स्थानीय तहसँग सम्बन्धित छन्। स्थानीय तहमध्ये काठमाडौं महानगरपालिकाविरुद्ध ४४१ उजुरी परेको आयोगले जनाएको छ।
संघीय मन्त्रालयतर्फ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयविरुद्ध सबैभन्दा धेरै ३ हजार ३६ उजुरी परेका छन्। प्रदेशतर्फ मधेस प्रदेशविरुद्ध १ हजार ४७५ उजुरी परेका छन्।
आयोगले यस अवधिमा १७५ वटा भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गरेको छ। ९९० जना प्रतिवादीविरुद्ध कुल ५ अर्ब २३ करोड ६५ लाख ९७ हजार ९८९ रुपैयाँ बिगो मागदाबी गरिएको छ।
विशेष अदालतबाट फैसला भएका १५६ मुद्दामध्ये ८१ वटामा कसुर कायम भएको आयोगले जनाएको छ।






© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij