Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

निर्माणाधीन सेप्टिक ट्याङ्कीमा फसेर तीन मजदुरको मृत्यु

निर्माणाधीन सेप्टिक ट्याङ्कीमा फसेर तीन मजदुरको मृत्यु


  • 1.8K
    Shares

    निर्माणाधीन सेप्टिक ट्याङ्कीमा फसेर तीन मजदुरको मृत्यु
    images

    काठमाडौं । कोहलपुर नगरपालिका–३ शान्तिटोलमा निर्माणाधीन सेप्टिक ट्याङ्कीमा फसेर तीन जना मजदुरको मृत्यु भएको छ।

    स्थानीय दयाप्रसाद थारुको डीबीसी भई पिलर उठाइएको निर्माणाधीन घरको आँगनमा रहेको सेप्टिक ट्याङ्कीमा बुधबार बिहान करिब ९ बजे उनीहरू फसेका थिए।

    घटनापछि प्रहरीले जेसीबीको सहायताले सेप्टिक ट्याङ्की फुटाएर तीनै जनालाई बाहिर निकालेको थियो। उनीहरूलाई मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।

    मृत्यु हुनेमा कोहलपुर नगरपालिका–३ का अन्दाजी ४० वर्षीय कालु थारु, २६ वर्षीय प्रकाश थारु र ३३ वर्षीय बिर्जा थारु रहेका छन्।

    प्रहरीका अनुसार मृतकहरूको शव परीक्षणका लागि भेरी अस्पताल नेपालगञ्ज पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रकाशित मिति :श्रावण १३ २०८३ बुधवार - १३:०९:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij