Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

शेयर बजारमा ४१ अंकको वृद्धि

शेयर बजारमा ४१ अंकको वृद्धि


  • 1.6K
    Shares

    शेयर बजारमा ४१ अंकको वृद्धि
    images

    काठमाडौं । साताको पहिलो कारोबारको दिन सोमबार शेयर बजार भारी अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ४१ .७० अंकले बढेर २,७१९ को विन्दुमा कायम भएको छ । 

    आज २३९ कम्पनीको शेयर मूल्य बढेको छ भने ३२ कम्पनीको मात्रै शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३४३ कम्पनीको १ करोड २२ लाख ४५ हजार ३३७ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५१ करोड माथिको शेयर कारोबार भएको छ ।

    उत्पादन तथा प्रशोधन समूह आज सबैभन्दा धेरै ३.२१ प्रतिशत बढेको छ । त्यस्तै अन्य समूह २.८१, जलविद्युत् २.७९, बैंकिङ ०.५५, विकास बैंक १.४८, फाइनान्स ०.९३, होटल तथा पर्यटन १.९८, लगानी १.५५, जीवन बीमा ०.८४, माइक्रोफाइनान्स ०.३७, निर्जीवन बीमा ०.४४ तथा व्यापार समूह १.१४ प्रतिशत बढेको छ । 

    हालै सूचीकृत भएको नयाँ कम्पनी एभरेस्ट कलरको मूल्य १५ प्रतिशत बढेको छ । रिजलाइन इनर्जीको १३.९५, श्रीनगर एग्रिटेकको १०.९५, सोलु हाइड्रोपावरको ९.९३, दिव्यश्वरी हाइड्रोपावरको ८.६२, हाथवे इन्भेस्टमेन्टको ८.६१ तथा शिखर पावरको ७.८३ प्रतिशत मूल्य बढेको छ । 

    आत्मनिर्भर लघुवित्तको मूल्य ६.८६ तथा कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य ६.८५ प्रतिशत घटेको छ । आज रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा आँखुखोला जलविद्युत्, रिलायन्स स्पिनिङ मिल्स, रिडी पावर, कर्पोरेट डेभलपमेन्ट बैंक, नेसनल हाइड्रोपावर, एसवाई प्यानल, अपी पावर, एनआरएन इन्फ्रास्ट्रक्चर, हिमालय रिइन्स्योरेन्स छन् ।

    आज सबैभन्दा धेरै आँखुखोला जलविद्युतको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २९ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको २४ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको२० करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

    प्रकाशित मिति :श्रावण ४ २०८३ सोमवार - १५:३१:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij