२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रवार शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक २७.९४ अंकले बढेर २,५५९ को विन्दुमा कायम भएको छ ।
आज २३७ कम्पनीको शेयर मूल्य बढेको छ भने ३१ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३४५ कम्पनीको १ करोड २० लाख ८९ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३६ करोड माथिको शेयर कारोबार भएको छ ।
सबै समूहगत सूचक बढेको छ । बैंकिङ ०.७८, विकास बैंक १.०५, फाइनान्स ०.४६, होटल तथा पर्यटन ०.९६, जलविद्युत् १.८३, लगानी १.५८, जीवन बीमा ०.९७, उत्पादन तथा प्रशोधन ०.७७, माइक्रोफाइनान्स ०.८९, निर्जीवन बीमा १.७२, अन्य ०.४२ तथा व्यापार १.४० प्रतिशत बढेको छ ।
उपकार लघुवित्तको १०.५३, अभियान लघुवित्तको १०.०९, सिन्धु विकास बैंकको ९.५४, सर्वोत्तम पेन्ट्सको ८.०४, राप्ती हाइड्रोको ६.१८ प्रतिशत मूल्य बढेको छ । त्यस्तै मल्टिपर्पस फाइनान्सको ५.७१, इमर्जिङ नेपालको ४.२१, ओम मेगाश्री फर्मास्युटिकल्सको ४.०० प्रतिशत मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै लिबर्टी इनर्जीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३६ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको १८ करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको १४ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij