Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

घट्यो नेप्से, कारोबार रकम ५ अर्ब ३८ करोड

घट्यो नेप्से, कारोबार रकम ५ अर्ब ३८ करोड


  • 743
    Shares

    घट्यो नेप्से, कारोबार रकम ५ अर्ब ३८ करोड
    images

    काठमाडौं । साताको तेस्रो कारोबारको दिन बुधवार शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक २१।१९ अंकले घटेर २,६१२ को विन्दुमा कायम भएको छ । 

    आज ४२ कम्पनीको शेयर मूल्य बढेको छ भने २२५ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३५० कम्पनीको १ करोड ५१ लाख १ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३८ करोड माथिको शेयर कारोबार भएको छ ।

    बैंकिङ ०.६३, विकास बैंक ०.७३, फाइनान्स ०.७६, होटल तथा पर्यटन ०.८५, जलविद्युत् १.०४, लगानी ०८१, जीवन बीमा १.०१, उत्पादन तथा प्रशोधन ०.५२, माइक्रोफाइनान्स ०.८२, निर्जीवन बीमा ०.९१, अन्य ०.८७ र व्यापार ०.७० प्रतिशत घटेको छ।

    आज ४२ कम्पनीको मूल्य बढ्दा २२५ को घटेको छ भने १२ को स्थिर रह्यो । नारायणी डेभलपमेन्ट बैंकको ६.३७, हिमाल दोलखा हाइड्रोपावरको ५.३१, माउन्ट एभरेस्ट पावरको ४.३८, कालिका लघुवित्तको ४.३४, बोटलर्स नेपाल बालाजुको ३.५९ प्रतिशत मूल्य बढेको छ ।

    त्यस्तै रिजलाइन इनर्जीको ५.२१, नेपाल वेयर हाउजिङकोे ४.९६, स्वाभिमान लघुवित्तको ४.५८, सिन्धु विकास बैंकको ४.४४ प्रतिशत मूल्य घटेको छ ।

    आज सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३७ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स स्पिनिङ मिल्सको २५ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको १६ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    प्रकाशित मिति :भाद्र ३१ २०८३ बुधवार - १५:३९:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij