२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । साताको पहिलो कारोबारको दिन सोमबार शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ३०.६० अंकले घटेर २,५७० को विन्दुमा कायम भउको छ ।
आज २२ कम्पनीको शेयर मूल्य बढेको छ भने २४९ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३६८ कम्पनीको ४ करोड १७ लाख २५ हजार ३२३ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ४६ करोड माथिको शेयर कारोबार भएको छ ।
बैंकिङ ०.६८, विकास बैंक ०.८३, फाइनान्स १.३२, होटल तथा पर्यटन १.९९, जलविद्युत् १.९८, लगानी ०.८८, जीवन बीमा १.०७, उत्पादन तथा प्रशोधन १.३६, माइक्रोफाइनान्स ०.८७, निर्जीवन बीमा ०.७५, अन्य ०.८५ तथा व्यापार २.३० प्रतिशत घटेको छ ।
सामुदायिक लघुवित्तको मूल्य ५.३७ तथा आत्मनिर्भर लघुवित्तको ५ प्रतिशत मूल्य बढेको छ । उपकार लघुवित्तको मूल्य ११.२८ प्रतिशत घटेको छ ।
बुद्धभूमि हाइड्रोपावरको ७.४७, दिव्यश्वरी हाइड्रोपावरको ६.५१, हिमस्टार ऊर्जाको ६.४२ तथा टक्सार पिखुवाखोला हाइड्रोपावरको ६.२४ प्रतिशत मूल्य घटेको छ । आज धेरै कारोबार हुनेमा ऋणपत्र अगाडि रहेको छ ।
आज सबैभन्दा धेरै एनएमबि डिबेञ्चर २०७९ ८८ को इकाई कारोबार भएको छ । आज यसको ४८ करोड ४६ लाख रुपैयाँको इकाई कारोबार भएको हो । एनआइसी एशिया डिबेञ्चर २०८५ ८६ को ४६ करोड ६५ लाख रुपैयााको इकाई कारोबार भएको छ । एभरेष्ट बैंक डिबेञ्चरको ३७ करोड १० लाख रुपैयाँको इकाई कारोबार भएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij