Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

अफगानिस्तानका दुई प्रान्तमा सुरक्षा कारबाहीमा २८ तालिबानीको मृत्यु

अफगानिस्तानका दुई प्रान्तमा सुरक्षा कारबाहीमा २८ तालिबानीको मृत्यु


  • 8.9K
    Shares

    अफगानिस्तानका दुई प्रान्तमा सुरक्षा कारबाहीमा २८ तालिबानीको मृत्यु

    अफगानिस्तानको पश्चिमी प्रान्त उरुजगान र कान्दाहारमा अफगानिस्तानको सुरक्षा निकायले गरेको कारबाहीमा परेर २८ जना तालिबानी मारिएका छन् । उरुज्गान र कान्दाहार प्रान्तमा अफगानिस्तानको सेनाले हवाई तथा स्थल मार्गबाट कारबाही गरेको थियो ।

    उरुजगानको ओबे जिल्लामा अफगान सुरक्षाबलले गरेको सुरक्षा कारबाहीमा परी ती तालिाबानी लडाकू मारिएका बताइएको छ । ओबे जिल्लामा रहेको एक प्रहरी चौकीमा बुधबार अपराह्न तालिबानी लडाकू समूहले आक्रमण गरेका थिए । उक्त आक्रमणपछि सुरक्षाबलले गरेको कारबाहीमा तालिबानी समूहका लडाकू मारिएका हुन् ।

    अफगानिस्तानको रक्षा मन्त्रालयले शनिबार ती लडाकूहरु मारिएका आइतबार जानकारी गराएको छ । कारबाहीको क्रममा सुरक्षाबलले युद्धविमान समेत प्रयोग गरेको जनाइएको छ । कारबाहीको क्रममा एक दर्जनभन्दा बढी लडाकू घाइते भएका जनाइएको छ । 

    यस कारबाहीको क्रममा सुरक्षाबलतर्फ भने कुृनै हताहत नभएको र यस क्षेत्रमा तालिबानविरुद्धको कारबाही भने जारी रहेको बताइएको छ । कान्दाहार प्रान्तको मारोफ जेराई भन्ने जिल्लामा पछिल्ला केही दिनहरुमा तालिबानहरुले हिंसात्मक क्रियाकलाप गरिरहेका छन् । 

    सो सूचनाको आधारमा अफगान सुरक्षा फौजले सो कारबाही गरेको हो । उक्त जिल्लामा सक्रिय रहेका तालिबान लडाकू समूहले यस कारबाहीको विषयमा कुनै टिप्पणी गरेको छैनन् । रासस/एएनआई 

    प्रकाशित मिति :मंसिर २२ २०७७ सोमवार - १३:११:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij