२०८२ फाल्गुण १९ गते मंगलवार
काठमाडौं । इरानमा शनिबार युद्ध सुरु भएयता ७०० भन्दा बढी मानिस मारिएका छन् । सोमबार अपराह्नसम्ममा इरानमा १७६ बालबालिकासहित कम्तीमा ७४२ सर्वसाधारणको मृत्यु भएको ‘ह्युमन राइट्स एक्टिभिस्ट न्युज एजेन्सी’ले जनाएको छ ।
९०० भन्दा बढी सर्वसाधारण घाइते भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै कम्तीमा ८५ जनाको मृत्यु भएको छ । अन्य सयौँको मृत्युको खबरलाई प्रमाणीकरण गर्ने काम भइरहेको उक्त समूहले बताएको छ ।
पछिल्लो २४ घण्टामा धार्मिक भवन र घरहरूमा क्षति पुगेको रिपोर्टहरू पनि आएका छन् । उक्त समूहका अनुसार तेहराननजिकैको सहर करजमा एउटा मस्जिद, धेरै आवासीय भवन, राजधानीको दक्षिणमा रहेको एउटा गभर्नरको कार्यालय र होर्मुज जलडमरूमध्यमा रहेको बन्दर अब्बासको ‘शाहिद बाहोनर पियर’मा क्षति पुगेको छ । इरानले तेहरानका अस्पतालहरूमा पनि क्षति पुगेको दाबी गरेको छ ।
समाचार अनुसार पछिल्लो २४ घण्टामा प्रहार गरिएका सैन्य लक्ष्यहरूमा पश्चिमी सहर सनन्दजमा रहेको कुर्दिस्तान कानुन कार्यान्वयन कमान्डको मुख्यालय र कुर्दिस्तान सीमा सुरक्षा कमान्ड केन्द्र रहेका छन् । उक्त समूहका अनुसार इस्फाहानको एउटा एयर बेस र तेहरानको एउटा सेनाको बेसमा पनि क्षति पुगेको छ ।
सीएनएनले यी रिपोर्टहरूलाई स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन । ‘ह्युमन राइट्स एक्टिभिस्ट न्युज एजेन्सी’ले आफ्नो विश्लेषण प्रारम्भिक भएको र यो परिवर्तन हुन सक्ने बताएको छ ।
इरान अमेरिका युद्धको पछिल्लो अपडेट
यसैबीच, इजरायलले इरानको सरकारी टेलिभिजन प्रसारक र तेहरानका अन्य क्षेत्रहरूमा भारी हवाई आक्रमण गरेको छ ।
इरानको रिभोलुसनरी गार्डका एक कमान्डरले होर्मुज जल मार्ग अहिले बन्द गरिएको बताएका छन् । त्यहाँबाट पार गर्न खोज्ने कुनै पनि जहाजमाथि आक्रमण गरिने चेतावनी दिएका छन् ।
अमेरिकी सेनाले इरानसँगको द्वन्द्वका क्रममा कम्तीमा ६ जना अमेरिकी सैनिक मारिएका छन् ।
यसैबीच, कतारले आफ्नो भूभाग र अन्य खाडी राष्ट्रहरूमाथि इरानले गरेको आक्रमणको निन्दा गर्दै संयुक्त राष्ट्र संघका महासचिव र सुरक्षा परिषद्का अध्यक्षलाई पत्र पठाएको छ ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानविरुद्ध इजरायलसँग मिलेर गरिएका समन्वयात्मक आक्रमणहरू आत्म–रक्षाका लागि चालिएको कदम भएको बताएका छन् ।
इरानी विदेशमन्त्री अब्बास अराघचीले कुवेत सरकारले आफ्नो भूमिबाट कुनै पनि आक्रमण नगर्ने वाचा गरेको अवस्थामा अमेरिकी जेटहरू किन उसको हवाई क्षेत्रमा थिए भन्ने विषयको व्याख्या गर्नुपर्ने बताएका छन् । सीएनएन
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij