२०८२ फाल्गुण २० गते बुधवार
काठमाडौं । टिकटकर तथा युट्युबर रतन कार्कीलाई पक्राउ गरेको चितवन प्रहरीले प्रहरीले साधारण तारेखमा छाडेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवन कार्कीलाई मौन समयमा पनि चुनाव प्रचार हुने गरी भिडियो बनाएपछि सोधपुछ गरेर तारेखमा छाडेको हो । कार्कीलाई मौन अवधिमा उम्मेदवारको प्रचार गरेर भिडियो पोस्ट गरेका कारण प्रहरीले पक्राउ गरेको थियो ।
टिकटकर कार्की जापानबाट केही साता अघि नेपाल आएका थिए। उनी त्यसयता बहुमत ल्याउने दाबी गरिरहेको एउटा दलको प्रचारमा हिँडेका थिए ।
नेपाल फर्किएपछि उनले चुनावी प्रचारको भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गर्ने गरेका थिए । उनी पुराना दलहरूमाथि व्यंग्य गर्दै भिडियो बनाएर सामाजिक सञ्जालमा हाल्थे ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij