Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

शेयर बजारमा झिनो गिरावट

शेयर बजारमा झिनो गिरावट


  • 1.1K
    Shares

    शेयर बजारमा झिनो गिरावट
    images

    काठमाडौं । आज साताको अन्तिम कारोबार दिन शुक्रवार शेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ४ अंकले घटेर २,७२४ को विन्दुमा कायम भएको छ । 

    आज ८८ कम्पनीको शेयर मूल्य बढेको छ भने १७० कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३४२ कम्पनीको ९८ लाख ५६ हजार ५२५ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३४ करोड माथिको शेयर कारोबार भएको छ ।

    हिजोको तुलनामा आज कारोबार रकम भने बढेको हो । हिजो ३ अर्ब ९० करोडको शेयर कारोबार भएको थियो ।

    ​उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै ०.४९ प्रतिशतले घटेको छ। त्यसैगरी होटल तथा पर्यटन ०.३७ प्रतिशत, फाइनान्स ०.३६ प्रतिशत, माइक्रोफाइनान्स ०.३४ प्रतिशत, हाइड्रोपावर ०.२५ प्रतिशत, लाइफ इन्स्योरेन्स ०.१९ प्रतिशत, विकास बैंक ०.१५ प्रतिशत, बैंकिङ ०.१२ प्रतिशत र इन्भेस्टमेन्ट उपसूचक ०.०९ प्रतिशतले घटेका छन्।

    ​म्युचुअल फण्ड सर्वाधिक ०.३८ प्रतिशतले बढ्दा ट्रेडिङ ०.३७ प्रतिशत, नन-लाइफ इन्स्योरेन्स ०.३३ प्रतिशत र अन्य उपसूचक ०.१८ प्रतिशतले बढेका छन्।

    आज सबैभन्दा धेरै सेन्ट्रल फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २५ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिटी होटलको २४ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आँखुखोला जलविद्युतको २२ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    nepse.JPG

     

    प्रकाशित मिति :जेठ २९ २०८३ शुक्रवार - १५:४३:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij