Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

एमालेबाट निर्वाचित ८ वडाध्यक्षको पद रिक्त (सूचीसहित)

एमालेबाट निर्वाचित ८ वडाध्यक्षको पद रिक्त (सूचीसहित)


  • 967
    Shares

    एमालेबाट निर्वाचित ८ वडाध्यक्षको पद रिक्त (सूचीसहित)
    images

    काठमाडौं । निर्वाचन आयोगले नेकपा एमालेबाट निर्वाचित ८ जना वडाध्यक्षहरूको पद रिक्त भएको घोषणा गरेको छ । २०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेको तर्फबाट निर्वाचित भएका ती प्रतिनिधिहरूले दल त्याग गरी अन्य दलमा प्रवेश गरेपछि उनीहरूको पद रिक्त भएको हो ।

    एमालेको केन्द्रीय सचिवालयले ती जनप्रतिनिधिहरूले दल त्याग गरेको भनी गरेको निर्णयको प्रतिलिपिसहित आयोगलाई जानकारी गराएको थियो । सोही जानकारीका आधारमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ (१) र नियमावली, २०७४ को नियम २२ बमोजिम आयोगको मंगलबारको बैठकले उनीहरू निर्वाचित भएका पदहरू रिक्त भएको निर्णय गरेको हो ।

    आयोगका अनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका वडाध्यक्षहरूको पद रिक्त भएको छ । पदमुक्त हुनेहरूमा मोरङकै रंगेली नगरपालिका-१ का महेश कुमार खनाल र दाङको घोराही उपमहानगरपालिका वडा नं. ४ का वडाध्यक्ष मधुसुदन शर्मा पनि पदमुक्त भएका छन् ।

    ओखलढुङ्गाको मोलुङ गाउँपालिका वडा नं. १ का कमल बहादुर बानिया र वडा नं. ६ का कमल तामाङ रहेका छन् भने चम्पादेवी गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष शुरेश कुमार थापाको पद पनि रिक्त भएको छ ।

    यस्तै, पाल्पाको माथागढी गाउँपालिका-१ का राज कुमार पन्थी, ललितपुरको बागमती गाउँपालिका-७ का होमप्रसाद बजगाई र मोरङको लेटाङ नगरपालिका–४ का राम कुमार श्रेष्ठको पद रिक्त भएको आयोगले जनाएको छ ।

    719671086_1470254071086338_3628853588207294532_n_XTBaU8faw5.jpg

     

    प्रकाशित मिति :जेठ २७ २०८३ बुधवार - १६:२०:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij