Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सीमा विवादबारे प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीले दिए जवाफ

सीमा विवादबारे प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीले दिए जवाफ


  • 827
    Shares

    सीमा विवादबारे प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीले दिए जवाफ
    images

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सीमा विवादबारे प्रधानमन्त्री बालेन शाहले दिएको अभिव्यक्तिको जवाफ दिएका छन् ।

    यही जेठ १७ गते प्रधानमन्त्री बालेनले प्रतिनिधिसभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिएका थिए । त्यसक्रममा नेपालले समेत भारको जमिन मिचेको भनेर अभिव्यक्ति दिएका थिए ।

    त्यसदिन प्रधानमन्त्री बालेनले भनेका थिए, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ– भारतले नेपालको जग्गा मात्र हैन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ ।’

    यस्तो अभिव्यक्तिउपर संसद्‍मा विपक्षी दलहरूले प्रश्न उठाउँदै आएका थिए । प्रधानमन्त्रीको अभिव्यक्तिउपर बुधबार परराष्ट्रमन्त्री खनालले जवाफ दिएका हुन् ।

    नेपाली भूमि लिपुलेक हुँदै भारतले मानसरोवार यात्रा सञ्चालनमा ल्याएको विषयमा समेत नेपाल सरकारले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरिसकेको उनले बताए ।

    यस विषयमा नेपालले कूटनीतिक नोट पठाएको र भारतले पनि त्यसको जवाफ फर्काएको उनले जानकारी दिए । नक्सांकन हुन बाँकी रहेका क्षेत्रमा बाहेक दशगजा अतिक्रमणको समस्या विद्यमान रहेको पनि उनले बताए ।

    प्रधानमन्त्रीले दिएको अभिव्यक्ति क्रस बोर्डर अकुपेसनसँग सम्बन्धित रहेको भनेर उनले बचाउ गरे ।सीमा विवादका विषय कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सरकार तत्पर रहेको पनि उनले बताए ।

    साथै नेपाल र भारत सीमाको विषयमा तेस्रो मुलुकको संलग्नता नखोजिएको पनि उनले बताए । प्रमाण संकलन गर्ने क्रममा अर्को देशसँग समेत संवाद गरेको विषय प्रधानमन्त्रीले राखेको पनि उनले बताए ।

    प्रकाशित मिति :जेठ २७ २०८३ बुधवार - १६:०५:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij