Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

शेयर बजारमा झिनो गिरावट

शेयर बजारमा झिनो गिरावट


  • 1.5K
    Shares

    शेयर बजारमा झिनो गिरावट
    images

    काठमाडौं । साताको दोस्रो कारोबारको दिन  मंगलवार शेयर बजार सामान्य घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १.५४ अंकले घटेर २,७३३ को विन्दुमा कायम भएको छ । 

    आज १०३ कम्पनीको शेयर मूल्य बढेको छ भने १५२ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३५७ कम्पनीको १ करोड २३ लाख ८२ हजार १७ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ४४ करोड माथिको शेयर कारोबार भएको छ ।

    बैंकिङ ०.०३ अंक मात्रै  घटेको छ । विकास बैंक ०.०६, लगानी ०.१२, जीवन बीमा ०.३७, माइक्रोफाइनान्स ०.२०, निर्जीवन बीमा ०.४६ तथा व्यापार ०.३८ प्रतिशत  घटेको छ । अन्य ०.२९, उत्पादन तथा प्रशोधन ०.२६, जलविद्युत् ०.०१, होटल तथा पर्यटन समूह ०.१२ प्रतिशत बढेको छ ।

    सोपान फर्मास्युटिकल्स र कालिन्चोक हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १५ प्रतिशत बढेको छ । यी दुवै हालै बजारमा सूचीकृत भएका नयाँ कम्पनी हुन् । त्यस्तै सप्तकोशी विकास बैंकको १०.९८, उपकार लघुवित्तको ८.७०, अपरहेवाखोलाको ६.१७ प्रतिशत मूल्य बढेको छ ।

    क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ९.१६ प्रतिशत  घटेको छ । सामुदायिक लघुवित्तको ७.३७, कर्पोरेट डेभलपमेन्ट बैंकको ४.३९, मल्टिपर्पस फाइनान्सको ३.०५ प्रतिशत मूल्य  घटेको छ । 

    आज सबैभन्दा धेरै एग्रिकल्चर बोण्डको सबैभन्दा धेरै कारोबार भएको । आज यसको ५७ करोड रुपैयाँको कारोबार भएको छ । सेन्ट्रल फाइनान्सको ३५ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनबीबीएल डिबेञ्चरको ३१ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    nepse.JPG

     

    प्रकाशित मिति :जेठ २६ २०८३ मंगलवार - १५:३०:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij