Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

आजबाट आइपीओ निष्काशन गर्दै एभरेष्ट कलर

आजबाट आइपीओ निष्काशन गर्दै एभरेष्ट कलर


  • 1.3K
    Shares

    आजबाट आइपीओ निष्काशन गर्दै एभरेष्ट कलर
    images

    काठमाडौं । एभरेष्ट कलर लिमिटेडले आजदेखि आइपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

    कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आइपीओ बाँडफाँड गरेपश्चात अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आइपीओ निष्काशन गर्न लागेको हो ।

    कम्पनीले आफ्नो जारी पूँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशतले हुन आउने ७ करोड ९० लाख रुपैयाँ बराबरको ७ लाख ९० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये १० प्रतिशतले हुन आउने ७९ लाख रुपैयाँ बराबरको ७९ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँड गरिसकेको छ।

    कम्पनीले ३९ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि र १५ हजार ८०० कित्ता शेयर कर्मचारीहरुका लागि निष्काशन गरी बाँडफाँड गरिसकेको छ। कम्पनीले अब दोस्रो चरणमा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६ करोड ५५ लाख ७० हजार रुपैयाँबराबरको ६ लाख ५५ हजार ७०० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गर्न लागेको हो।

    कम्पनीको आइपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। सर्वसाधारण लगानीकर्ताले छिटोमा जेठ २७ गतेर ढिलोेमा असार ५ गतेसम्म आवेदन दिन सक्नेछन् ।   

     

     

    प्रकाशित मिति :जेठ २२ २०८३ शुक्रवार - १२:३६:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij