Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

नेप्से परिसूचक २२ अङ्कले बढ्यो, फाइनान्समा ६ प्रतिशतको वृद्धि

नेप्से परिसूचक २२ अङ्कले बढ्यो, फाइनान्समा ६ प्रतिशतको वृद्धि


  • 1.7K
    Shares

    नेप्से परिसूचक २२ अङ्कले बढ्यो, फाइनान्समा ६ प्रतिशतको वृद्धि
    images

    काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक २२.२१ अंकले बढेर २,७७७ को विन्दुमा कायम भएको छ ।

    आज १८४ कम्पनीको शेयर मूल्य बढेको छ भने ७७ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३४६ कम्पनीको १ करोड १३ लाख ८५ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २६ करोड माथिको शेयर कारोबार भएको छ । 

    बैंकिङ ०.४१, विकास बैंक ०.५९, होटल तथा पर्यटन ०.१२, हाइड्रोपावर ०.६१, लगानी ०.२०, जीवन बीमा ०.२७, माइक्रोफाइनान्स ०.४०, निर्जीवन बीमा १.०२ तथा व्यापार १.१३ प्रतिशत बढेको छ।

    कालिन्चोक हाइड्रोपावरको मूल्य १४.९८ प्रतिशत बढेको छ । त्यस्तै सेन्ट्रल फाइनान्सको १३.६७, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको १०.५७, नेपाल पुनर्बीमाको ९.४४, गोर्खाज फाइनान्सको ९.२६, रिलायन्स फाइनान्सको ८.५६, गुडविल फाइनान्सको ८.४४ तथा मल्टिपर्पस फाइनान्सको ८.१८ प्रतिशत मूल्य बढेको छ ।

    बुंगल हाइड्रोपावरको ४.४९, झापा इनर्जीको ४.१९ तथा आत्मनिर्भर लघुवित्तको ३.०१ प्रतिशत मूल्य घटेको छ । आज धेरै कारोबार भएका कम्पनीमा आँखुखोला जलविद्युत्, नेपाल पुनर्बीमा, रिडी पावर, सेन्ट्रल फाइनान्स र हिमालयन रिइन्स्योरेन्स छन् ।

    आज सबैभन्दा धेरै आँखुखोला जलविद्युतको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४६ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको २६ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको २६ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

    share.JPG

    प्रकाशित मिति :जेठ १९ २०८३ मंगलवार - १५:३७:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij