२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । चोरी गरेरै करोडौं सम्पत्ति जोडेको आरोपमा पक्राउ परेका प्रेम थारू कारागार चलान भएका छन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश रामचन्द्र खड्काको इजलासले थारूलाई कारागार चलानको आदेश दिएको हो । चोरी र सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा चलेको उनी अदालतको आदेशपछि कारागार चलान भएका छन् ।
बौद्धको एक घरबाट ६५ तोलाभन्दा बढी सुन चोरी गरेको आरोपमा गत माघमा पक्राउ परेका थिए । अनुसन्धान गर्दा उनले एक करोडको हाइलक्स गाडी चढ्ने, चोरी गरेकै रकमले बाँकेमा साढे तीन तले घर बनाएको समेत खुलेको थियो । त्यसपछि प्रहरीले सम्पत्ति शुद्धीकरणको मुद्दा समेत चलाएको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij