Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

विद्यालय हिँडेका बालक बेपत्ता

विद्यालय हिँडेका बालक बेपत्ता


  • 2.0K
    Shares

    विद्यालय हिँडेका बालक बेपत्ता
    images

    काठमाडौं । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका-१२ थरुवाही गाउँबाट विद्यालय हिँडेका १२ वर्षीय गौतम यादव सात दिनदेखि बेपत्ता छन् ।

    गौतम जेठ ७ गते बिहान करिब ६ः०० बजे घरबाट जलेश्वर नगरपालिका-२ मा अवस्थित एड्भान्स लर्नर्स हिमालयन अङ्ग्रेजी बोर्डिङ स्कुल गएका थिए ।

    विद्यालय समय सकेर बालक गौतम घर नफर्केपछि परिवारजनले सोही दिन विद्यालयमा सम्पर्क गर्दा उनी विद्यालय नै नआएको विद्यालयबाट जवाफ आएको थियो ।

    बुवा आशुतोष र आमा पुनमले आफ्नो छोरा विगत सात दिनदेखि बेपत्ता रहेको र अहिलेसम्म कुनै अत्तोपत्तो नलागेपछि उनी अपहरणमा परेको वा बेचिएको हुनसक्ने आशङ्का गर्दै जिल्ला प्रहरी कार्यालय महोत्तरीमा निवेदन दर्ता गराएका थिए ।  

    प्रकाशित मिति :जेठ १३ २०८३ बुधवार - १२:१६:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij