Logo

२०८३ श्रावण १० गते आइतवार

२०८३ श्रावण १० गते आइतवार

चलचित्र निर्देशक समाजको अध्यक्षमा अरुणकुमार प्रधान

चलचित्र निर्देशक समाजको अध्यक्षमा अरुणकुमार प्रधान


  • 1.4K
    Shares

    • images
    चलचित्र निर्देशक समाजको अध्यक्षमा अरुणकुमार प्रधान
    images

    काठमाडौं । चलचित्र निर्देशक समाजको अध्यक्षमा अरुणकुमार प्रधान निर्वाचित भएका छन् । मंगलबार सम्पन्न निर्वाचनको अन्तिम परिणाम अनुसार प्रधानले आफ्ना प्रतिद्वन्द्वी जनकदीप पराजुलीलाई भारी मतले पछि पारेका छन् । 

    कुल १५९ मत खसेको निर्वाचनमा प्रधानले १०९ मत प्राप्त गरे भने पराजुलीले ४६ मत मात्र पाएका छन् । दुई उपाध्यक्ष पदमा सुवास गजुरेल र दीपक वली निर्वाचित भएका छन् । गजुरेलले ९५ मत र वलीले ७१ मत प्राप्त गरेका छन् । 

    महासचिव पदमा समुन्द्र भट्ट १०६ मतसहित विजयी भएकी छिन् । उनका प्रतिस्पर्धी कमल एक्चै मगरले ४७ मत प्राप्त गरे । त्यसैगरी, सचिव पदमा राजबहादुर साने ८० मतका साथ निर्वाचित भएका छन् । सचिवका अन्य उम्मेदवारहरू अमर ओलीले ४६ र दिनेश लिङ्देनले २८ मत प्राप्त गरे ।

    कोषाध्यक्ष पदमा भने जनक खड्का निर्विरोध निर्वाचित भए । सहकोषाध्यक्षमा उत्सव केसी ६७ मतका साथ विजयी भए । समाजको सदस्य पदका लागि लक्ष्मण सुवेदी, लक्ष्मण सुनार, साकार पन्त, अमर दीप सापकोटा, शिव शर्मा कँडेल र हस्तबहादुर लिम्बू निर्विरोध निर्वाचित भएका छन् । 

    नयाँ कार्यसमितिले नेपाली चलचित्र निर्देशकहरूको हकहित र चलचित्र क्षेत्रको व्यावसायिक विकासका लागि काम गर्ने अपेक्षा गरिएको छ ।

     

    images
    प्रकाशित मिति :जेठ ६ २०८३ बुधवार - ११:५९:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij