Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

नेप्से ६ अंकले घट्दा कारोबार रकम ३ अर्ब ८ करोड

नेप्से ६ अंकले घट्दा कारोबार रकम ३ अर्ब ८ करोड


  • 4.5K
    Shares

    नेप्से ६ अंकले घट्दा कारोबार रकम ३ अर्ब ८ करोड
    images

    काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार शेयर बजार सामान्य घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ६.५१ अंकले घटेर २,७२४ को विन्दुमा कायम भएको छ । 

    आज ११३ कम्पनीको शेयर मूल्य बढेको छ भने १४५ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३४६ कम्पनीको ७८ लाख १६ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८ करोड माथिको शेयर कारोबार भएको छ । 

    बैंकिङ ०.१०, होटल तथा पर्यटन ०.५६, हाइड्रोपावर ०.५०, लगानी ०.२२, जीवन बीमा ०.२२, उत्पादन तथा प्रशोधन ०.६७ तथा अन्य समूह ०.३९ प्रतिशत घटेको छ  । निर्जीवन बीमा ०.५६, माइक्रोफाइनान्स ०.१२, विकास बैंक ०.७७ र फाइनान्स ०.०७ प्रतिशत बढेको छ ।

    कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै १४.२६ प्रतिशत बढेको छ । त्यस्तै नेपाल रिपब्लिक मिडियाको ६.४१, दरामखोला हाइड्रो इनर्जीको ३.६१ प्रतिशत मूल्य बढेको छ। सिटी होटलको मूल्य ६.८४, थ्रीस्टार हाइड्रोपावरको ५.८२, झापा इनर्जीको ४.४३ प्रतिशत मूल्य घटेको छ ।

    आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीकर्ताले १४ दशमलव २६ प्रतिशतका दरले कमाएको छ। नेपाल रिपब्लिकका लगानीकर्ताले ६.४१ प्रतिशतका दरले कमाएको छ । दरमखोला हाइड्रोका लगानीकर्ताले ३ दशमलव ६१ प्रतिशतका दरले कमाएको छ।

    share.JPG

     

     

    प्रकाशित मिति :जेठ ५ २०८३ मंगलवार - १५:३२:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij