Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

कालंगा हाइड्रोपावरले निष्कासन गर्दै आइपिओ

कालंगा हाइड्रोपावरले निष्कासन गर्दै आइपिओ


  • 1.1K
    Shares

    कालंगा हाइड्रोपावरले निष्कासन गर्दै आइपिओ
    images

    काठमाडौं । कालंगा हाइड्रोले आगामी जेठ ८ गतेदेखि सर्वसाधारणमा आइपीओ बिक्री खुला गर्ने भएको छ। आइपीओ बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।

    पहिलो चरणअन्तर्गत आइपीओ जारी गरेपछि कम्पनीले अब दोस्रो चरणमा सर्वसाधारणका लागि बिक्री खुला गर्न लागेको हो।

    कम्पनीले सर्वसाधारणलाई १०० रुपैयाँ अंकित दरका कुल २८ लाख ७० हजार कित्ता शेयर जारी गर्ने भएको छ। सर्वसाधारणले उक्त आइपीओमा न्यूनतममा १० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

    लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय र सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्। आवेदन छिटोमा जेठ १३ गते र ढिलोमा जेठ २२ गते हुनेछ। 

     

    प्रकाशित मिति :जेठ ४ २०८३ सोमवार - ११:५१:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij