Logo

२०८३ बैशाख ३० गते बुधवार

२०८३ बैशाख ३० गते बुधवार

एसइईमा सिन्धुपाल्चोकका सात विद्यालयको नतिजा शून्य

एसइईमा सिन्धुपाल्चोकका सात विद्यालयको नतिजा शून्य


  • 351
    Shares

    एसइईमा सिन्धुपाल्चोकका सात विद्यालयको नतिजा शून्य

    काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सिन्धुपाल्चोकका सातवटा सामुदायिक विद्यालयको नतिजा शून्य आएको छ ।

    शिक्षा विकास तथा समन्वय एकाइका अनुसार लिसङ्खुपाखर गाउँपालिकास्थित बुद्धोदय मावि, धर्मोदय मावि, चौतारा साँगाचोकगढी नगरपालिकाको वनदेवी मावि चौतारा, बलेफी गाउँपालिकाको वनसाँघु मावि, भोटेकोशी गाउँपालिकाको मार्मिङ मावि र भीमसेन मावि तथा हेलम्बुको हेलम्बु बोधिसत्व मोडल स्कुलमा साधारणतर्फ सबै विद्यार्थी ‘ननग्रेडेड’ भएका छन् ।

    यीमध्ये लिसङ्खुको बुद्धोदय मावि, भोटेकोशीको भीमसेन मावि र हेलम्बुको हेलम्बु बोधिसत्व मोडल स्कुलमा प्राविधिक धारको समेत पठनपाठन हुने गरेको छ । प्राविधिक धारतर्फ भने केही विद्यार्थीमात्र ‘ग्रेडेड’ भएका थिए । सिन्धुुपाल्चोकमा रहेका १२९ सामुदायिक, ११ संस्थागत र तीन खुला विद्यालय गरी जम्मा १४३ विद्यालयले एसइई २०८२ मा सहभागिता जनाएका थिए ।

     

     

    images
    प्रकाशित मिति :बैशाख ३० २०८३ बुधवार - १५:२३:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij