Logo

२०८३ बैशाख ३० गते बुधवार

२०८३ बैशाख ३० गते बुधवार

आज कतिमा हुँदैछ सुन चाँदीको कारोबार ?

आज कतिमा हुँदैछ सुन चाँदीको कारोबार ?


  • 463
    Shares

    आज कतिमा हुँदैछ सुन चाँदीको कारोबार ?

    ठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। हिजो प्रतितोला ४ हजार ४ सय रुपैयाँले बढेको सुनको मूल्य आज तोलामा ७०० रूपैयाँ घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँ कायम भएको छ।

    हिजो छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ९ सय रुपैयाँमा किनबेच भएको थियो ।

    साथै, आज चाँदीको मूल्य भने तोलामा १५ रूपैयाँ बढेको छ। हिजो प्रतितोला ५ हजार ६ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ५ हजार ७१० रूपैयाँ तोकिएको छ।  

    images
    प्रकाशित मिति :बैशाख ३० २०८३ बुधवार - ११:०४:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij