Logo

२०८३ कार्तिक १९ गते बिहिवार

२०८३ कार्तिक १९ गते बिहिवार

आज पनि बढ्यो सुनको भाउ

आज पनि बढ्यो सुनको भाउ


  • 610
    Shares

    आज पनि बढ्यो सुनको भाउ
    images

    काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार पनि सुनको मूल्य बढेको छ। चाँदीको मूल्य भने आज पनि घटेको छ।सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँ बढेर २ लाख ७५ हजार ६ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

    मंगलबार तोलामा ७ सय रुपैयाँ बढेर सुनको भाउ २ लाख ७५ हजार रुपैयाँ कायम भएको थियो। 

    त्यसैगरी आज चाँदीको मूल्य भने थप घटेको छ। चाँदीको मूल्य आज तोलामा २० रुपैयाँ घटेर ३ हजार ६ सय ५५ रुपैयाँ पुगेको छ। 

    मंगलबार ४५ रुपैयाँ घटेर चाँदीको भाउ ३ हजार ६ सय ७५ रुपैयाँ कायम भएको थियो। 

    गत वर्षको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। 

    त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

    गएको माघ १५ गते चाँदीको मूल्य तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो। 


    प्रकाशित मिति :कार्तिक १८ २०८३ बुधवार - ११:१२:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij