२०८३ कार्तिक १६ गते सोमवार
काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँले बढेको हो।
योसँगै प्रतितोला सुन २ लाख ७४ हजार ३०० रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य तोलाको २ लाख ७२ हजार रुपैयाँमा किनबेच भएको थियो।
साथै, चाँदीको मूल्य तोलामा ७० रुपैयाँले बढेर ३ हजार ७२० रुपैयाँ कायम भएको छ। हिजो तोलाको ३ हजार ६५० रुपैयाँमा चाँदीको कारोबार भएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij